राहुगंगा जलविद्युत् आयोजनामा बाढीले क्षति

Sep 27, 2026 12:07 PM Merolagani



राहुगंगा नदीमा आएको बाढीका कारण राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचना तथा प्रसारण लाइनका टावरमा क्षति पुगेको छ।

बाढीका कारण आयोजनाको भौतिक संरचना र प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारणमा समेत असर पर्न सक्ने देखिएको छ।

क्षतिको वास्तविक अवस्था यकिन गर्न तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले आयोजनाका संरचना, प्रसारण लाइन र टावरको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको छ।

क्षतिको मूल्याङ्कनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने बताइएको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।