बाढीले पर्वततर्फ पुल जोडिएको भागमा कटान गरेपछि पुल जोखिममा परेको हो । कटानका कारण पुलको पिल्लर नजिकैबाट नदी बग्न थालेको स्थानीयले बताएका छन् ।
पुलमा क्षति पुगेपछि बागलुङ–पर्वत सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । पुलको अवस्थाबारे सम्बन्धित निकायले निरीक्षण गरिरहेको र थप जोखिम मूल्याङ्कनपछि आवश्यक निर्णय लिइने जनाएको छ ।