गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

Oct 14, 2026 06:26 AM Merolagani



असोज २८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात मंगलबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। मंगलबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले कात्तिक १० गते, मंगलबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।