कामना सेवा विकास बैंकको रेटिङ बढ्यो

Oct 02, 2026 11:13 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को इस्यूअर रेटिङ बढेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङलाई स्तरोन्नति गर्दै केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको हो।

 

केयर रेटिङ्स नेपालका अनुसार केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा तथा मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थालाई जनाउँछ।

बैंकको पूँजीकोषमा भएको सुदृढीकरण, कर्जा गुणस्तर व्यवस्थापनमा देखिएको सुधार, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, नाफामा भएको सुधार, व्यवसाय वृद्धि, निक्षेप संरचनामा सुधार र सुदृढ तरलतालगायतका पक्षलाई आधार मानेर रेटिङ स्तरोन्नति गरिएको बैंकले जनाएको छ।

रेटिङ स्तरोन्नतिले बैंकप्रति निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता तथा नियामक निकायलगायत सरोकारवालाको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ। साथै, यसले प्रतिस्पर्धी लागतमा स्रोत परिचालन तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकले ‘Future Ready’ अवधारणाअनुसार सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री र दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।