थोरै रकम बचत गरेका बचतकर्तालाई समस्याग्रस्त सहकारीको रकम फिर्ता

Oct 02, 2026 12:30 PM Merolagani



समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारीका २२३ जना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरेको हो ।

समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । लामो समयदेखि सहकारीमा बचत फसेका बचतकर्तामध्ये पहिलो चरणमा कम रकम बचत गरेका व्यक्तिलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ ।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था गरेको छ । सोही आधारमा सहकारीबाट असुल भएको रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गर्न थालिएको हो ।

समितिले बचतकर्तालाई रकमका आधारमा वर्गीकरण गरी क्रमशः बचत फिर्ता गर्दै जाने जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनको कामलाई पनि निरन्तरता दिइएको समितिको भनाइ छ ।

असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त हुने रकमका आधारमा थप बचतकर्ताको रकम फिर्ता गरिने समितिले स्पष्ट पारेको छ । बचत फिर्ताको प्रक्रिया प्रचलित कानुनी व्यवस्थाअनुसार सञ्चालन भइरहेको समितिले जनाएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।