निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक गरेसँगै दाबी विरोध प्रक्रिया सुरु गरेको हो।
उम्मेदवारविरुद्ध दाबी विरोधका लागि बुधबार मध्याह्न १२ बजेसम्मको समय तोकिएको छ। महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुनेछन्। जसमध्ये सहमहामन्त्री ४ र कोषाध्यक्ष १ जना सभापतिले मनोनयन गर्ने व्यवस्था भएकाले १९ जना निर्वाचित हुनेछन्।
निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापतिमा गगन थापा, किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल उपसभापति छन्।