देशभर वर्षाको सम्भावना, अर्घाखाँचीमा एक घण्टामै ५८.२ मिलिलिटर वर्षा

Oct 07, 2026 11:58 AM Merolagani



पछिल्लो एक घण्टामा अर्घाखाँचीको सिमलपानी वर्षा मापन केन्द्रमा ५८.२ मिलिलिटर वर्षा भएको छ। उक्त वर्षालाई भारी वर्षाका रूपमा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा भइरहेको छ।

थप वर्षाको सम्भावना रहेकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।