कांग्रेसकाे मतदान भाेलि मात्रै हुने

Oct 08, 2026 04:57 PM Merolagani



नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।

 

बिहान १० बजेका लागि तय भएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजे पुर्‍याइए पनि सुरु हुन सकेन। त्यसपछि निर्वाचन समितिले आजका लागि नयाँ समय सार्वजनिक गरेन।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुनेछ। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि मतदान प्रभावित भएको समितिले जनाएको छ।