कम्पनीको शेयर हिजो असोज २७ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात असोज २८ गते, बुधबारको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर, सो सेसनमा म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा कम्पनीको पहिलो कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता शेयर गरी कुल १ करोड ४ लाख कित्ता सो दिन नेप्सेमा सूचीकृत भएको थियो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर टिकरमा कारोबार भएको हो।