बूढीगण्डकी बाढी: पाँच दिनपछि बाटो खुल्यो

Oct 16, 2026 08:46 AM RSS



बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् ।

बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि यहाँका बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका थिए । गाउँपालिकाको आह्वानमा करिब ५० जना स्थानीय युवाले लगातार तीन दिन काम गरेपछि बाटो आंशिक रूपमा सञ्चालनमा आएको अध्यक्ष गुरुङले जानकारी दिए ।

“मंगलबार, बुधबार र आज केरौँजा, केरौँजाबेँसी र रुन्चेत गाउँका ४०-५० जना मिलेर बाढीले ल्याएको लेदो फ्याँक्ने, ठाउँठाउँमा मुढा तेर्‍याउने, भर्‍याङ हाल्ने गरेर अलि अलि हिँड्न मिल्ने बनाएका छौँ”, उनले भने, “बाटो खुलेपछि रोकिएर रहेका १०० जना जति भर्‍याङ र डोरीको सहायताले गाउँमा पुगेका छन् । अरू पनि आउने क्रममा छन् ।”




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।