दसैँमा फोहोर घरमै राख्न काठमाडौं महानगरपालिकाको आग्रह

Oct 16, 2026 10:49 AM Merolagani



आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा ती चार दिन फोहोर व्यवस्थापनको काम प्रभावित हुनेछ।

नेपालीहरूको महान् पर्व बडादसैँका मुख्य दिनहरू परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन बिदामा रहने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुन पुगेको महानगरपालिकाले स्पष्ट पारेको छ।

यस अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरलाई सडक वा सार्वजनिक स्थलमा नफाल्न महानगरपालिकाले नगरवासीमा अपिल गरेको छ।

कामपा वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर आफ्नै घर वा परिसरभित्र सुरक्षित राख्न आग्रह गरिन्। उनले भनिन्, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै कम्पाउन्डमा व्यवस्थापन गरिदिनुहोला।”

तोकिएको चार दिनबाहेक अन्य दिनहरूमा भने फोहोर संकलन तथा व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।