नेप्से पुनसंरचना र बजार सुधारमा बोर्डको पहल, ३० भन्दा बढी नियामकीय सुधार गर्ने

Oct 16, 2026 11:37 AM Merolagani



नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनसंरचना र दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन सुधार प्रक्रिया अघि बढाएको छ । यसका लागि बोर्ड र नेप्सेका उच्च पदाधिकारी तथा सञ्चालक समितिबीच छलफल भएको हाे ।

सरकारद्वारा गठित नेप्से पुनसंरचनासम्बन्धी सुझाव समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन तथा दोस्रो बजारमा लगानीका उपकरण र सेवाको विविधीकरण गर्ने विषयमा असोज २९ गते बोर्डको कार्यालयमा छलफल भएको हो । छलफल नेप्सेको संस्थागत संरचना, पूँजी तथा स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा सुधार गर्नुपर्ने विषयमा केन्द्रित रहेको थियो ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पूँजी, दक्ष जनशक्ति र सूचना प्रविधिको पूर्वाधार आधुनिक स्टक एक्सचेञ्जका लागि अपरिहार्य रहेको बताएका छन्। नेप्सेको पूँजी तथा स्वामित्व पुनसंरचना र दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन सुधारसँग सम्बन्धित ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी सुधार अघि बढाउने बोर्डको कार्यदिशा रहेको भट्टले बताए।

नेप्सेका सञ्चालक समितिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले बोर्ड र नेप्सेबीचको छलफललाई धितोपत्र बजार सुधारको नयाँ सुरुवातका रूपमा व्याख्या गरे। उनले पुनसंरचना सम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका तत्काल कार्यान्वयन गर्न सकिने विषयमा नेप्से केन्द्रित रहेको बताएका छन्। नेप्सेको प्रविधि तथा प्रणाली, संस्थागत सुशासन, लगानीका उपकरण र सेवामा सुधार गर्न प्रतिबद्ध रहेको भट्टको भनाई छ।

त्यसैगरी, बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनका सुझाव कार्यान्वयन, दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने र धितोपत्र बजारका उपकरण तथा सेवाको विविधीकरण सम्बन्धी नियामकीय विषयमा प्रस्तुतीकरण गरेका थिए।

नेप्सेको पुनसंचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनबाट नेपालको पुँजी बजारमा लगानीका विकल्प विस्तार हुनुका साथै कारोबार प्रणालीको विश्वसनीयता र बजारको पारदर्शिता बढ्ने बोर्डको अपेक्षा गरेको छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।