सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशीको मृत्यु

Nov 03, 2026 09:42 AM Merolagani



सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टरका पङ्खा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ। यद्यपि, मृतक कुन देशका नागरिक हुन् भन्ने खुल्न सकेको छैन।

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।