प्रि ओपन सेसन अपडेटः साढे ३ अंक घट्यो नेप्से

Nov 03, 2026 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७७ अंक घटेर २६५३.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९१ पटकको कारोबारमा ३ करोड ५१ लाख २२ हजार ३२६ रुपैयाँबराबरको ५२ हजार ३६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।