तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै

Nov 04, 2026 10:43 AM Merolagani



नेपाल राष्ट्र बैंकले यस वर्षको तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने जानकारी दिएको हो। दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खरिद गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २।५ ग्रामको एक थान सुनको असर्फी बिक्री गरिनेछ। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि उपलब्ध हुनेछन्। एक व्यक्तिले बढीमा दुई थानसम्म चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।

असर्फी तथा मेडालियन खरिद गर्न इच्छुक नेपाली नागरिकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गर्ने जनाएको छ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुनेछ।

 




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।