टीका लगाउँदा दाजुभाइ र दिदीबहिनी बस्ने दिशालाई पनि समितिले स्पष्ट पारेको छ । साइतको समयमा टीका लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्किनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।
समितिको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदानसँगै तिहारका पर्वहरू सुरु हुनेछन् । यसैगरी, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने २४ गते मंगलबार गोवर्द्धन पूजा (गोरुपूजा), हलितिहार र नेवास् समुदायको म्हपूजा मनाइनेछ । सोही दिन ९कात्तिक २४ गते० बाट नयाँ वर्ष नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ । त्यसको भोलिपल्ट अर्थात् कात्तिक २५ गते यमद्वितीया ९किजापूजा० का दिन भाइटीका लगाएर यसवर्षको तिहार समापन हुनेछ ।