प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक घट्यो नेप्से

Nov 13, 2026 10:51 AM Merolagani



तिहार बिदा पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २.६४ अंक बढेर २६५५.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.३३ अंक घटेर २६४९.८९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१० अंक घटेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५७ स्टकको ११७ पटकको कारोबारमा २६ लाख ६१ हजार ४०२ रुपैयाँ ५० पैसाबराबरको १४ हजार ५१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।