प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक बढ्यो नेप्से

Nov 04, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.२६ अंक बढेर २६६८.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ७० स्टकको १३८ पटकको कारोबारमा ४ करोड ४८ लाख १३ हजार १३८ रुपैयाँबराबरको १ लाख १७ हजार ३७८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी १७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।