कार्यालयले निर्माण, बौद्धिक तथा व्यावसायिक (प्रोफेसनल) र उद्योग तथा कलकारखाना गरी तीन मुख्य क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रेणी र तहअनुसार पारिश्रमिक निर्धारण गरेको हो।
सार्वजनिक गरिएको नयाँ दररेटमा आधारभूत पारिश्रमिकका अतिरिक्त सामाजिक सुरक्षा योगदान (सरकार र रोजगारदाताको साझेदारी समेत) समावेश गरी कुल पारिश्रमिक तोकिएको छ।
१. निर्माण तथा फिल्ड श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक निर्माण एवं फिल्डतर्फ ५ श्रेणीमा श्रमिकको दैनिक दर तोकिएको छ। जसमा न्यूनतम दैनिक दरमा सामाजिक सुरक्षाअन्तर्गत नेपाल सरकारको साझेदारी १० प्रतिशत र रोजगारदाताको साझेदारी १० प्रतिशत गरी कुल २० प्रतिशत रकम थप भई कुल दैनिक दर कायम गरिएको छ।
-
श्रेणी–१ (आधारभूत सहयोगी/अदक्ष - स्वीपर, कार्यालय सहयोगी आदि): न्यूनतम दैनिक दर रु. १,४५० र सामाजिक सुरक्षा योगदान (सरकार रु. १४५ र रोजगारदाता रु. १४५) सहित कुल दैनिक रु. १,७४० तोकिएको छ।
-
श्रेणी–२ (आधारभूत कालिगड/अदक्ष - सुरक्षा गार्ड, हलुका चालक, ज्यामी आदि): न्यूनतम रु. १,६०० र योगदान रकमसहित कुल दैनिक रु. १,९२० कायम गरिएको छ।
-
श्रेणी–३ (अर्धदक्ष सहयोगी तथा सेवाकर्मी - सहायक मिस्त्री/अपरेटर आदि): न्यूनतम रु. १,७५० र योगदानसहित कुल दैनिक रु. २,१०० तोकिएको छ।
-
श्रेणी–४ (दक्ष कालिगड तथा सहायक सुपरिवेक्षक - डकर्मी, प्लम्बर, मेसिन/कम्प्युटर अपरेटर, गणक आदि): न्यूनतम रु. १,९०० र योगदानसहित कुल दैनिक रु. २,२८० निर्धारण गरिएको छ।
-
श्रेणी–५ (उच्च दक्ष तथा सुपरिवेक्षक - फोरम्यान, हेभी अपरेटर, सब–इन्जिनियर, लेखापाल आदि): न्यूनतम रु. २,००० र सामाजिक सुरक्षा योगदानसहित कुल दैनिक रु. २,४०० तोकिएको छ।
२. बौद्धिक तथा व्यावसायिक (प्रोफेसनल) श्रमिकको पारिश्रमिक प्रोफेसनल श्रमिकतर्फ ६ श्रेणीमा दैनिक तथा मासिक समतुल्य पारिश्रमिक तोकिएको छ। यसमा पनि सरकार र रोजगारदाताको १०/१० प्रतिशत सामाजिक सुरक्षा साझेदारी जोडिएको छ।
-
श्रेणी–१ (आधारभूत प्रशासनिक): न्यूनतम दैनिक रु. १,७५० सहित कुल दैनिक रु. २,१०० (कुल मासिक समतुल्य रु. ५४,६००)।
-
श्रेणी–२ (आधारभूत प्राविधिक): न्यूनतम दैनिक रु. २,४५० सहित कुल दैनिक रु. २,९४० (कुल मासिक समतुल्य रु. ७६,४४०)।
-
श्रेणी–३ (विशेषज्ञ - ५ वर्षसम्मको अनुभव): न्यूनतम दैनिक रु. ३,८५० सहित कुल दैनिक रु. ४,६२० (कुल मासिक समतुल्य रु. १,२०,१२०)।
-
श्रेणी–४ (विशेषज्ञ विज्ञ - ५ देखि १० वर्षसम्मको अनुभव): न्यूनतम दैनिक रु. ५,२५० सहित कुल दैनिक रु. ६,३०० (कुल मासिक समतुल्य रु. १,६३,८००)।
-
श्रेणी–५ (विशेषज्ञ टिम लिडर - १० देखि १५ वर्षसम्मको अनुभव): न्यूनतम दैनिक रु. ६,६५० सहित कुल दैनिक रु. ७,९८० (कुल मासिक समतुल्य रु. २,०७,४८०)।
-
श्रेणी–६ (विशेषज्ञ टिम लिडर - १५ वर्षमाथिको अनुभव): न्यूनतम दैनिक रु. ८,४०० सहित कुल दैनिक रु. १०,०८० (कुल मासिक समतुल्य रु. २,६२,०८०)।
३. उद्योग, कलकारखाना, विक्रेता वा उत्पादक अन्तर्गतका श्रमिकको मासिक पारिश्रमिक सार्वजनिक खरिदमा आबद्ध उद्योग, कलकारखाना, विक्रेता वा उत्पादक अन्तर्गतका श्रमिकहरूको मासिक पारिश्रमिकमा २० प्रतिशत सामाजिक सुरक्षा योगदान जोडेर जम्मा रकम तोकिएको छ।
-
श्रेणी–१ (आधारभूत सहयोगी/अदक्ष): न्यूनतम मासिक रु. २७,१७२ र सामाजिक सुरक्षा योगदान रु. ५,४३५ गरी जम्मा रु. ३२,६०७।
-
श्रेणी–२ (आधारभूत कालिगड/अदक्ष): न्यूनतम रु. ३०,३७३ र योगदान रु. ६,०७५ गरी जम्मा रु. ३६,४४८।
-
श्रेणी–३ (अर्धदक्ष सहयोगी तथा सेवाकर्मी): न्यूनतम रु. ३२,७०१ र योगदान रु. ६,५४१ गरी जम्मा रु. ३९,२४२।
-
श्रेणी–४ (दक्ष कालिगड तथा सहायक सुपरिवेक्षक): न्यूनतम रु. ३६,१९२ र योगदान रु. ७,२३९ गरी जम्मा रु. ४३,४३१।
-
श्रेणी–५ (उच्च दक्ष तथा सुपरिवेक्षक): न्यूनतम रु. ३८,२०३ र योगदान रु. ७,६४१ गरी जम्मा रु. ४५,८४४।
अन्य सेवा सुविधा अनिवार्य कार्यालयका अनुसार उद्योग, कलकारखाना तथा विक्रेता अन्तर्गतका श्रमिकहरूलाई तोकिएको न्यूनतम मासिक पारिश्रमिकका अतिरिक्त प्रचलित कानुनबमोजिम सरकारी सेवा सरहका चाडपर्व खर्च, बिदा र अन्य भत्ताहरूसमेत रोजगारदाताले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।