निरन्तर दोस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Nov 17, 2026 03:08 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १२.७९ अंक घटेर २६३६.१० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ४८ हजार ७८८ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ५.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। यस दिन २८ करोड ९१ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२१ प्रतिशत घटेको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।