नेप्सेको उछालमा ब्लूचिप नबिल बैंकको शेयर कारोबार अब कता जाला ? एक प्राविधिक विष्लेषण

Aug 21, 2015 Mero Lagani



पुग्ला त नबिलको शेयर मुल्य ३ हजार रुपैंयामा ?

नेप्सेमा उछाल आउनुको कारण बैकिंग समुहमा देखिएको अकल्पनीय चाप नै हो । यहि सन्दर्भमा प्राविधिक विष्लेशक जीवन श्रेष्ठले बैंकिंग समुहको ब्लुचीप कम्पनीको रुपमा आएको उछालसंगै नबिल बैंकको आगामी शेयर कारोबारको सम्भावित ट्रेण्डको प्राविधिक विष्लेशणमा आधारित सामग्री तयार पार्नु भएको छ ।

Jeevan Shresthaनेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थालाई ४ गुणा पूँजी वृद्धी गर्न निर्देशन दिएसंगै नेप्सेमा विशेष गरि बैंकिंग सव इण्डेक्समा आएको तिब्र उछालले समग्र नेप्सेले ७ वर्ष पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ । यो क्रममा बिहीबार नेप्से १२००.९२ अंकमा पुगेको छ ।

त्यसै गरि केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांश वितरणको प्रस्ताव नल्याउन बैंक तथा वित्तिय संस्थालाई जारी गरेको परिपत्रका कारण अनिवार्य रुपमा बोनस शेयर बाँड्नुपर्ने दवाव बैंकहरुमा उत्पन्न भएको छ । अर्कातिर गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण अधिकांस वाणिज्य बैंकले प्रकाशन गरिसकेको अवस्थामा लगानीकर्ताको चासो कुन बैंकको प्रतिफल धेरै आउँछ भन्नेमा केन्द्रित भएको छ । 

नीजि क्षेत्रबाट सञ्चालित नबिल बैंकले गत आर्थिक वर्षमा सबै भन्दा धेरै २ अर्व बढी खुद नाफा कमाएको अवस्थामा उसले बोनस शेयर पनि त्यसै अनुपातमा बितरण गर्नेमा लगानीकर्ता आशावादी छन् । यहि क्रममा प्राविधिक विश्लेषक श्रेष्ठले नबिल बैंकको प्राविधिक विष्लेषण गर्नु भएको हो ।

प्राविधिक विष्लेशणको विभिन्न उपकरणहरु मध्ये बोलिंगर व्याण्डमा आधारित २० दिनको सिम्पल मुभिङ्ग एभरेज भन्दा माथि माथि तिर गएको देखिन्छ । तलको चित्रमा नबिल बैंकको शेयर कारोबार बुलिस ट्रेण्डतिर गइरहेको जनाउँछ । जस अनुसार यो साता नेप्सेमा नबिल बैंकको शेयर कारोबारमा प्रतिकित्ता शेयरको मुल्य ३ हजार रुपैंया भन्दा माथिसम्म चढ्ने देखिन्छ । ब्लूचिप कम्पनी मानिएका एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मुल्य अहिले नै ३ हजार रुपैंया भन्दा माथि रहेकोमा तलको चित्रले आगामी साता नबिलको शेयर मुल्य पनि बुलिस ट्रेण्डमा माथि चढ्ने देखाएको हो । बिहीबार नबिल बैंकको प्रतिकित्ता शेयर मुल्य २६ सय ९५ रुपैंयामा पुगेर अड्किएको छ ।

NABIL


माथि चित्रमा देखिएको बोलिंगर व्याण्डसंगै देखिएको अर्को उपकरणको माध्यमबाट चित्र विष्लेशण गरिएको छ । जुन फिव्वोनाचीको डिग्री अफ इण्डिकेटर उपकरणमा आधारित छ । जसमा बोलिंगर व्याण्डको २० दिनको सिम्पल मुभिंग एभरेज भन्दा नबिल बैंकको शेयर मुल्यको अवस्था पनि माथि गइरहेको छ । यसलाई चित्रमा रातो धर्साले जनाउँछ । जस अनुसार आगामी साता भरीमा नबिल बैंकको प्रतिकित्ता शेयर मुल्य कम्तीमा पनि ४ सय रुपैंयाले बढ्ने सम्भावना प्रबल बनेको हो । 

-जीवन श्रेष्ठ विगत ५ वर्षदेखि नेपाली शेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनु भएको छ । प्राविधिक विश्लेषण सम्बन्धमा श्रेष्ठले विभिन्न इन्स्टिच्यूटहरुमा अध्यापन समेत गराउँदै आउनु भएको छ ।

यो पनि पढ्नुहोस् । 

नेप्सेमा मिड रेञ्जमा रहेका कमर्शियल बैंक अब कुन बाटोमा ?

मौद्रिक नीतिले चम्किएको बैकिङ समुहको शेयर मूल्य अब कता जाला ?

 

 

......................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।