युनिभर्सल पावर कम्पनी आईपीओ निकाष्सन गर्ने प्रक्रियामा

Sep 14, 2017 merolagani



युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई २५ प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीको भदौ २९ गते सम्पन्न बार्षिक साधारणसभाले आईपिओ जारी गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।



कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखाबासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ । 

त्यस्तै कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९९ करोड रुपैयाँ बराबरको सेयर सधारणमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । ०७६ आषढसम्म अग्राधिकार सेयरलाई साधारणमा परिणत गरिसक्ने कम्पनीले जनाएको छ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।

साथै कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजनाको निमार्ण कार्य सुरु गरेको जानकारी समेत गराएको छ । २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने कम्पनीको छ । 

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।