युनिभर्सल पावर कम्पनी आईपीओ निकाष्सन गर्ने प्रक्रियामा

Sep 14, 2017 merolagani



युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई २५ प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीको भदौ २९ गते सम्पन्न बार्षिक साधारणसभाले आईपिओ जारी गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।



कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखाबासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ । 

त्यस्तै कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९९ करोड रुपैयाँ बराबरको सेयर सधारणमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । ०७६ आषढसम्म अग्राधिकार सेयरलाई साधारणमा परिणत गरिसक्ने कम्पनीले जनाएको छ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।

साथै कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजनाको निमार्ण कार्य सुरु गरेको जानकारी समेत गराएको छ । २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने कम्पनीको छ । 

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।