समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा २ रूपैयाँ ९१ पैसा नाफा हुने र डिजेलमा शुन्य रूपैयाँ ७६ पैसा घाटा रहेको निगमले जनाएको छ ।
स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव २१ करोड हुने देखिएको छ ।
निगमले हवाई ईन्धन र एलपि ग्यासको मूल्य भने यथावत राखेको छ ।
