नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।
भट्टराईका अनुसार अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।
निगमले भारतीय आयल कर्पोरेशनको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा भएको तथ्याङ्क सार्वजनिक गरेको छ । भारतीय आयल कर्पोरेशनले नेपाललार्इ बिक्री गर्ने इजन्धनकाे मूल्य हरेक १५/१५ दिनमा अंग्रेजी तारिक अनुसार इन्धनकाे मूल्य पुनरावलाेकन गर्दै अाएकाे छ ।
भारतमा पेट्रोलको भाउ बढेर प्रतिलिटर ९१ भारु पुगेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ भने पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
अमेरिकी डलर मजवुत हुन थालेपछि हाल विश्वबजारमा कच्चा तेलको भाउ बढेर प्रतिव्यारेलको ८३ डलर पुगेको छ ।