आईएमएफले चार महिनामै किन घटायो नेपालको अनुमानित आर्थिक वृद्धिदर

Mar 22, 2019 Merolagani



अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । गत डिसेम्बरमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको आइएमएफले चार महिना नबित्दै प्रक्षेपण संशोधन गरेर नयाँ सार्वजनिक गरेको हो ।

यसअघि गत डिसेम्बरमा आइएमएफले जारी गरेको रिपोर्टमा चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरिएको थियो ।

बिहीबार जारी गरेको वल्र्ड इकोनोमी आउटलुक रिपोर्टमा चाल् आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने उल्लेख गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने उल्लेख गरेपनि बजेटको अर्धबार्षिक समीक्षाका क्रममा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि आठ प्रतिशत नपुग्ने बताएका थिए । 

उता वल्र्ड बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ । नेपालमा लगानीको वातावरण खस्किदैँ गएको भन्दै गत अक्टोबरमा वल्र्ड बैंकले जारी गरेको ‘डुइङ्ग बिजनेस २०१९’ को रिपोर्टमा नेपाल ११० औँ स्थानमा परेको थियो ।

नेपालले स्वदेशीका साथै विदेशी लगानीका लागि पनि उपयुक्त वातावरण सिर्जना गर्न नसकेकाले अपेक्षित आर्थिक वृद्धि हासिल हुन नसकेको भन्दै विभिन्न संस्थाहरुले धारणा राख्दै आएका थिए ।

अघिल्लो वर्ष ६.५ प्रतिशत रहेको व्यापार घाटा ८.२ प्रतिशत पुग्नु पनि आर्थिक वृद्धिको बाधक रहेको छ । हरेक वर्ष ठूलो मात्रामा बढ्दै गएको व्यापार घाटाले नेपालको उत्पादन प्रणाली कमजोर रहन गई अपेक्षित आर्थिक वृद्धि हुन सकिरहेको छैन ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।