नेप्सेले झण्डै दुई सय अंकको छलाङ्ग मार्दा कुन बैंकका लगानीकर्ताले कति कमाए ?

Apr 26, 2019 Merolagani

- लगानीकर्ताको पहिलो रोजाईमा परेका यस्ता छन् दश बैंक
शेयर बजारमा लामो समय देखिएको गिरावटले लगानीकर्ताहरु निरास थिए नै। कारोबारमा हुने सुस्तताले ब्रोकर समेत चिन्तित थिए। लगानीको प्रतिफल आउने कुनै छनक नभेटेपछि बजार सुधारका मागहरु गर्दे लगानीकर्ताहरु आन्दोलन र अनसन सम्म पुगे । तर पछिल्लो डेढ महिनामा बजारमा चमत्कारिक सुधार आयो।

शेयर लगानीकर्ताले आन्दोलन मार्फत उठाएका बिषय र सरोकारवाला निकायहरुले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका बजार विकासका कामहरु हुन थालेपछि क्रमश बजारमा समेत सुधारका संकेतहरु देखा परे ।

बैंक तथा वित्तीय बजारमा तरलतामा भएको उतारचढाब, ब्याजदरको अस्थिरता र कम्पनीहरुले प्रस्तुत गरेका वित्तीय विवरणहरुले मात्र होईन । राजनैतिक र अन्य गतिविधिले समेत प्रभावित हुँदै आएको शेयरबजारमा अहिले आशाको संञ्चार जागेको छ ।

जसले गर्दा गत फागुन १९ गते ११००.५४ अंकमा रहेको नेप्से डेढ महिनाको अवधिमा झण्डै झण्डै दुई सय अंकले उकालो लागेर १३ सय अंक नजिक पुगेको छ । वैशाख १२ गतेसम्म नेप्से १२९२.१२ अंकमा आईपुगेको छ ।

पछिल्लो समयमा शेयर बजारमा आएको सुधारले लगानीकर्ता, ब्रोकर र सरोकारवालहरुमा समेत सकारात्मक संदेश गएको छ । डेढ महिनाको अवधिमा नेप्से १९१.५४ अंकले उकालो लागेको छ । छोटो अवधिमा नेप्सेमा आएको उछाले धेरै लगानीकर्ताको पोर्टफोलियो सकारात्मक बनेको छ । यसबिचमा विशेषगरी वाणिज्य बैंकका शेयरहरु लगानीकर्ताको रोजाईमा परे ।

शेयर बजारमा सुरु भएको सिजन र विग मर्जरको चर्चाले वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ता रुची बढ्यो । बजारमा ठूलो हिस्सा ओगोटेको यो समूहमा आएको बढोत्तरीले अन्य समूहलाई समेत उकास्न टेवा पुर्यायो ।

डेढ महिनामा कुन बैंकका लगानीकर्ताले कति कमाए ?

शेयरबजारमा आएको उत्साहले सूचीकृत २७ वाणिज्य बैंकहरुकै शेयर मूल्य बढेको छ । डेढ महिनाको अवधिमा वाणिज्य बैंकहरुको शेयरमूल्य ११ प्रतिशतदेखि ४१ प्रतिशतसम्म उकालो लागेको छ ।

यो अवधिमा सबै भन्दा बढी प्रभु बैंकको शेयर मूल्य ४१.२३ प्रतिशतले बढेको छ । स्ट्याण्र्डड चार्टर्ड बैंकको ३७.३१, नेपाल एसबीआई बैंकको ३७.३० प्रतिशतले शेयर मूल्य बढेको छ । यस्तै एनआईसि एशियाको ३४.१३, हिमालयन बैंकको ३४.१२, सनराइज बैंकको ३२.०४ प्रतिशतले शेयर मूल्य बढेको छ । यस अवधिमा दश वाणिज्य बैंकको शेयर मूल्य ३० प्रतिशत भन्दा धेरैले बढेको छ ।

सबैभन्दा कम शेयरमूल्य बढ्ने नेपालको बैंकको शेयर मूल्य पनि ११.३१ अंकले उकालो लागेको छ । सेन्चुरीको १३.८४, इन्भेष्टमेन्ट बैंकको १५.४०, सिटिजन्स बैंकको १६.९२ प्रतिशतले शेयर मूल्य बढेको छ । यस अवधिमा २० प्रतिशत भन्दा कम शेयर मूल्य बढ्ने वाणिज्य बैंकको संख्या ६ मात्र छ ।

 

यसबीचमा कुमारी बैंक र सिभिल बैंकको बोनस समायोजन भएको छ। तथ्याङ्कमा कुमारी र सिभिल बैंकको समायोजित मूल्यलाई आधार मानेर वृद्धिको विश्लेषण गरिएको छ । 

यी हुन लगानीकर्ताको रोजाईमा परेका दश उत्कृष्ट वाणिज्य बैंक

पछिल्लो डेढ महिनाको अवधिमा नेपाल बैंक लगानीकर्ताहरुको पहिलो रोजाईमा परेको छ । गत फागुन १९ यता शेयरबजारमा नेपाल बैंकको एक अर्ब ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअवधिमा नेपाल बैंकको ३२ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ । धेरै कित्ता कारोबार हुने बैंकको अग्रपक्तिमा समेत नेपाल बैंक रहेको छ ।

फागुन १९ यता लगानीकर्ताको रोजाईमा परेको दोस्रो बैंकमा एनआईसि एशिया बैंक देखिएको छ । जसको यस अवधिमा ९४ करोड ३८ लाख बराबरको शेयर किनबेच भयो। यसबीचमा एनआईसिएको २० लाख ८४ हजार कित्ता शेयर किनबेच भए।

 

यसैगरी एनएमबि, प्रभु, एनसिसि, कुमारी, लक्ष्मी, इन्भेष्टमेन्ट, माछापुच्छ्रे र सिभिल बैंक उच्च कारोबार हुने दश वाणिज्य बैंकको सूचीेमा परेका छन् । उच्च दशको अन्तिम सूचीेमा रहेको सिभिल बैंकको यसअवधिमा ३७ करोड ८४ लाख बराबरको शेयर किनबेच भयो। जसको २३ लाख २१ हजार कित्ता शेयर खरिद बिक्री भए।

यो अवधिमा कारोबार संख्याको आधारमा एनआईसिए सबैभन्दा अगाडि देखिन्छ। उत्कृष्ट दशमा संख्याका आधारमा कम कारोबार हुनेमा लक्ष्मी बैंक रहेको छ। एनआईसिएको ८ हजार एक सय पटक कारोबार भएको छ भने लक्ष्मी बैंकको २ हजार ५ सय ७७ पटक कारोबार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।