स्वाभिमानको आईपिओ: १८ हजार ५५८ लाई १०, भाग्यमानी ७ आवेदकले पाए ११ कित्ता

May 19, 2019 Merolagani

स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMBSL) को आईपिओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा जेठ ५ गते आइतबार (आज) १० बजे बाँडफाँड भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड भएको लघुवित्तको आईपिओ १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् भने २० देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता शेयर पाएका छन्।

शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वाभिमान लघुवित्तको आईपिओमा ३२.५० गुणा बढी कूल ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख ३१ हजार ११ कित्ता बराबरको ६० करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो।

जसमध्ये ३ लाख २७ हजार ४८६ जनाबाट ६० लाख २४ हजार ७६० कित्ताको आवेदन सदर भएको थियो भने आईपिओमा आवेदन गरेका २३० जनाको ६ हजार ३४० कित्ताको आवेदन विविध कारणले रद्ध भएको छ ।

स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो। कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको आईपिओ बाँडफाँड पश्चात कम्पनीको ६ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।