इन्फिनिटी लघुवित्तको आईपिओ बुधबार बाँडफाँड हुने

Jun 03, 2019 Merolagani



इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपिओ) बुधबार बिहान १० बजे बाँडफाँड हुने भएको छ । लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको थियो।

लघुवित्तको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड हुनेछ । 

सिभिल क्यापिटल मार्केटका अनुसार ६८ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४३ हजार कित्ता शेयर माग भएको छ। ३ लाख ३२ हजार ९७५ आवेदनबाट सो माग परेको हो।

सर्वसाधारणबाट ६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरिएकोमा ११.८६ गुणा बढीको माग आवेदन परेको हो। आईपिओमा आवेदन गरेका एक सय जना आवेदकमध्ये १९ जनाले मात्र लघुवित्तको आईपिओ प्राप्त गर्नेछन् भने ८१ जना आवेदकको हात खाली हुने निश्चित देखिन्छ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।