तीन विकास बैंक मर्ज हुने

May 22, 2019 Merolagani

तीन विकास बैंकहरु बीच मर्ज हुने सम्झौता भएको छ। यस अघि नै मर्जर सम्झौतामा रहेका मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको हो।

तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम जेठ ७ गते मंगलबार सम्झौता भएको नेप्सेले जनाएको छ।

नेपाल कम्युनिटी पनि मर्जर प्रकृयामा सहभागि हुने भएपछि जेठ ८ गते बुधबार देखि कारोबार रोक्का गरिएको छ । 

यता तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात दुबै बैंकको चैत ४ गते देखि शेयर कारोबार भएको छैन।

हाल मिसनको ५७ करोड ६४ लाख, तिनाउको ५६ करोड ७७ लाख र नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।