बजार ओरालो लाग्न थालेपछि लगानीकर्ता अन्योलमा

Mar 08, 2020 09:08 AM Merolagani



अघिल्लो सातासम्म निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक गत साता ओरालो लागेको छ। अघिल्लो साता १९७ अंक कमाएको नेप्सेले गत साता १९६ अंक घटेको छ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले रातो डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरु बजार घट्न थालेपनि अन्योलमा परेका हुन्। तर, त्यसअघिका दिनहरुको तुलनामा सो दिन बिक्री चाप केही कमजोर देखिएको छ।

गत साता नेप्से परिसूचक एक हजार ४३५.७० विन्दुमा बन्द भएको छ। यस अनुसार आगामी दिनमा नेप्से ओरालो लागे एक हजार ३७५ विन्दुमा पहिलो टेवा पाउने सम्भावना रहेको छ। त्यसैगरी, नेप्से उकालो लागे एक हजार ५५० विन्दुमा प्रतिरोधको सामना गर्नेछ।

गत सात नेप्सेको ५ दिने मुभिङ्ग एभरेज र २० दिने मुभिङ्ग एभरेज एक आपसमा नजिकिएका छन्। यी दुबै मुभिङ्ग एभरेज एक आपसमा क्रस हुने हो कि होइन भन्ने आगामी दिनले बताउँछ।

बजारमा बढ्दो बिक्री चापका कारण नेप्सेको एमएसीडिले गत साताको बुधबार बियरिस क्रसओभर देखिएको थियो।

  • लघुवित्त उपसमूहको सूचकमा पनि डोजी

गत साता लघुवित्त उपसमूहको सूचकमा पनि डोजी मैनबत्ती बनेको छ। गत साताको अन्तिम कारोबार दिन सो मैनबत्ती बनेको हो। गत साता लघुवित्त उपसमूहको परिसूचक २ हजार ३०५.०५ विन्दुमा बन्द भएको छ। आगामी दिनमा लघुवित्त उपसमूहको परिसूचक ओरालो लागेमा २ हजार १०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, आगामी दिन सो समूहको परिसूचक २ हजार ५०० विन्दुमा प्रतिरोध पाउनेछ।

लघुवित्तको ५ दिने मुभिङ्ग एभरेजले २० दिने मुभिङ्ग एभरेजले माथिबाट काटेर तल झरेको छ।

गत साता लघुवित्त कम्पनीहरुको औषतमा ४२ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, पछिल्लो २० दिनमा लघुवित्तको ४३ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

फियर एण्ड ग्रीड मिटरमा यस उपसमूहको परिसूचक ग्रीड जोनमा रहेको छ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय लिनुअघि थप विश्लेषण गर्नु जरुरी छ। विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।