लुम्बिनी विकास बैंकको लाभांश घोषणा

Oct 26, 2021 10:12 AM Merolagani

लुम्बिनी विकास बैंक (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ३.७१२ प्रतिशत नगद लाभांश गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी २अ र्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। १० प्रतिशतका दरले २९ करोड ६ लाख ४५ हजार ३५४ रुपैयाँ ९६ पैसा बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १९ करोड ७० लाख ९८ हजार ९०४ रुपैयाँ ५० पैसा पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।