सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Nov 27, 2021 11:48 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। गत साता २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.३५ प्रतिशत अर्थात ३७.३५ अंक घटेर २७३१.७८ विन्दुमा झरेको छ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार घटेपछि, नेप्सेले सो बराबरको अंक गुमाएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.२२ प्रतिशत अर्थात ६.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ प्रतिशत अर्थात २.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९३ प्रतिशत अर्थात ३.३० अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर कारोबार भएकोमा यस साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको छ। यस साताको दैनिक औषत कारोबार रकम गत साताको तुलनामा २६.९६ प्रतिशत कम हो।

नेप्से र कारोबार रकमसँगै कुल बजार पूँजीकरण पनि गत साताको तुलनामा घटेको छ। यस साता नेप्सेको यस्तो पूँजीकरण १.५६ प्रतिशत घटेको छ। गत साता ३८ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ६० अर्ब रुपैयाँ घटेर ३८ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत बढेको छ। त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९८ प्रतिशत बढेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक ५.४३ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४२०.१३ अंक घटेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा तारागाउँ रिजेन्सी होटल, नेपाल एसबिआई बैंक, सनराइज फस्ट म्युचुअल फण्ड लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, यस साता एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आरएमडिसी लघुवित्त, नबिल बैंक लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।