गत साता ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

May 08, 2022 04:46 AM Merolagani



गत साता नेप्से परिसूचक ५ प्रतिशत घटेको थियो। अघिल्लो साता २३५६.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.९९ प्रतिशत अर्थात ११७.५५ अंक घटेर २२३८.६२ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। सो साताको आइतबार र मंगलबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो। बजार खुलेका तीन कारोबार दिन नै ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।

गत साता नेप्से बलियो टेवा क्षेत्रमा बन्द भएको छ। यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २४१३.९९ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २१०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। साथै नेप्से पनि ५ दिने इएमएभन्दा तल रहेको छ। यसले बजार डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। यस साथै साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मारुबोजु नै बनाएको छ। यसले गत साता नेप्सेमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १३.६८ प्रतिशत कम हो।

बैंकिङ्ग उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको थियो। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक घटेको थियो भने सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको थियो।

यता सबैभन्दा कम घटेको उपसमूहको दोस्रो स्थानमा भने बैंकिङ्ग उपसमूह रहेको छ। सो उपसमूहको परिसूचक गत साता २.८८ प्रतिशत मात्र घटेको थियो। अघिल्लो साता १५८०.२० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता ४५.३७ अंक घटेर १५३४.७३ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १३०० विन्दुमा टेवा पाउने देखिन्छ।

सो उपसमूहको ५ दिने इएमएपनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले सो उपसमूह पनि डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।