गत साता करिब २७ अंक घटेको नेप्से, यस साता के होला?

Aug 07, 2022 05:51 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २७ अंक घटेर बन्द भएको छ। अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से, गत साता २६.८४ अंक अर्थात १.२५ प्रतिशत घटेर २११३.५५ विन्दुमा बन्द भएको हो।

साताको ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी ४ कारोबार दिन ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको छ। जसले सो दिन बजारमा बिक्रीचाप बढेको संकेत गर्दछ।

गत साताको अन्तिम दुई कारोबार दिन नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिनहरुमा बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा नेप्सेले उच्च भोल्यूमसहितको बियरिश पिन बार मैनबत्ती बनाएको छ। जुन प्राय नकारात्मक मानिन्छ।

नेप्से ओरालो लागेपनि गत साता भोल्यूम भने बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम २ खर्ब ८७ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३३.५५ प्रतिशत बढी हो।

वित्त उपसमूह

१३ उपसमूहमध्ये गत साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशत घटेको छ।

अघिल्लो साता १९८९.१५ विन्दुमा बन्द भएको वित्त उपसमूहको परिसूचक, गत साता १३३.०५ अंक घटेर १८५६.१० विन्दुमा बन्द भएको छ। यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा माथि रहेको छ। जसले यस उपसमूहमा पनि बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने यी दुई बीचको दूरी घटेको छ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिश मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ताहरुको चाप बढेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।