खप्तड लघुवित्तको आईपीओमा आवेदन दिनु अघि कम्पनी कस्तो छ? हेरौं

Aug 24, 2022 05:22 AM Merolagani

खप्तड लघुवित्त वित्तीय संस्थाले आज (भदौ ८ गते) बुधबारदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत २ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने १ लाख २३ हजार ४०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ, जारी पूँजी ४ करोड रुपैयाँ र चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ।

सर्वसाधारणलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशन पश्चात संस्थापकको ६७ प्रतिशत र सर्वसाधारणको ३३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।

आईपीओमा कसरी दिने आवेदन?

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार ३२० कित्ता अर्थात एक लाख ३२ हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा भदौ ८ गते देखि भदौ १२ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ २२ गतेसम्म म्याद थप हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

लघुवित्तलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले अप्रिल ७, २०२२ मा रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात अप्रिल ३, २०२३ सम्म कायम रहनेछ।

कस्तो संस्था हो?

खप्तड लघुवित्त वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्र्तगत नेपाल राष्ट्र बैंकबाट “घ” बर्गको इजाजत पत्र प्राप्त गरी २०७७ श्रावण १६ गते औपचारिक रुपमा आफ्नो कारोवार शुभारम्भ गर्दै आएको छ।

लघुवित्त वित्तीय संस्था २०७६ असोज १ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले २०७६ फाल्गुन १८ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त गरी मिति २०७७ श्रावण १६ गतेका दिन देखि औपचारिक रुपले कारोवार शुभारम्भ गरेको थियो।

यस लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र हाल ३ जिल्लामा ७ वटा शाखाबाट मात्रै सेवा प्रदान गर्दै आइरहेको छ।

सुदूरपश्चिम कार्यक्षेत्र रहने लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. १, गोदावरीमा रहेको छ।

विपन्न वर्ग एवं न्यून आय भएका व्यक्तिहरुमा स्वरोजगारीको अवसर सृजना गर्नका लागि लघुकर्जा र लघु बचतका माध्यमबाट आर्थिक एवं सामाजिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुलाई आर्थिक एवं सामाजिक रुपले सशक्त बनाउनुको साथै धितो नभएकै कारण वित्तीय सेवाबाट बञ्चित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई सामुहिक जमानीमा वित्तीय सेवा उपलब्ध गराई व्यवसायिकरणको विकास गर्ने र सामाजिक सचेतना बढाउने उद्देश्य राखिएको छ।

गरिबी तथा निम्नवर्गका जनसमुदायहरुलाई आय आर्जनका क्रियाकलापहरुमा समावेश गराई उनीहरुको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार गर्नका संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउने उदेश्य राखेको छ।

तीन वर्षमा सञ्चित नाफा करिब २ करोड पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८१/८२ सम्ममा सञ्चित नाफा १ करोड ९३ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ लाख १८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्ष २०७९/८० मा लघुवित्तले ५४ लाख ३३ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले २ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै लघुवित्तले आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २१ पैसा र प्रतिशेयर आम्दानी २७ रुपैयाँ १५ पैसा पुग्ने प्रक्षेपण गरेको छ।

गत आर्थिक वर्ष लघुवित्तको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ६६ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ७९ पैसा रहेको थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ३८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुग्ने अनुमान छ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले जनाएको छ । त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेर चुक्ता पूँजी ४ करोड रुपैयाँ पुर्याउन लागेको हो।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको १ करोड ३२ लाख रुपैयाँ मध्ये भौतिक पूर्वाधार तथा शाखा विस्तारमा १२ लाख रुपैयाँ र कर्जा विस्तारमा १ करोड ३० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ।

सञ्चालक समितिको अध्यक्षमा सुमन प्रसाद श्रेष्ठ रहेका छन्। अध्यक्ष श्रेष्ठ विगत १५ वर्ष देखि पर्यटन क्षेत्रमा आवद्ध रहेका छन्।

यस्तै सञ्चालक समितिमा सदस्यहरुमा चन्द्र बहादुर चन्द, डबल बहादुर शाह, रणदेव कृष्ण श्रेष्ठ र इश्वरी रेग्मी पन्त रहेका छन् । पन्त स्वतन्त्र सञ्चालक हुन्।

आईपीओ निष्काशन पश्चात सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालन चयन हुनेछ।सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने सुरेश बहादुर बम रहेका छन्। सिइओ बमसँग लघुवित्त क्षेत्रमा करिब २५ वर्षको कार्यानुभव रहेको छ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ लाई आधार वर्ष मानी पांचौ वर्ष अर्थात २०८१ को अन्तसम्ममा सुदूरपश्मिाञ्चल प्रदेशका ९ जिल्लामा शाखा कार्यालयहरु मार्फत संस्थाका लक्षित समूहलाई वित्तीय संस्थाको सदस्यमा आवद्ध २०६७७ सदस्यलाई कर्जा सुविधा प्रवाह गरी उनीहरुको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखेको छ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस महामारीको दोस्रो लहरको संक्रमणबाट बचेर कार्य सम्पादन गर्न गराउन कर्मचारी र सदस्य स्तरमा विभिन्न सावधानीका उपायहरु सहितको स्वास्थ्य तथा सुरक्षा मापदण्ड अवलम्बन गरेर संस्थाका कार्यक्रमहरु सुचारु गर्दै लगिने र त्यसलाई थप प्रभावकारी गर्दै लगिने लघुवित्तको तयारी छ।

अझै कोरोना भाइरसको प्रकोप देखिन सक्ने संभावना भएकाले संस्थाले लघुवित्त सेवा प्रवाह गर्दा प्रयोगमा आइरहेको हाई टच कोडललाई डिजिटलाईजेशन र इन्नोभेटिभ फाइनान्स जस्ता प्रविधिहरु प्रयोग गरी केही हदसम्म भएपनि लो टच मोडल मा ढालेर सञ्चालन गरिने लघुवित्तले जनाएको छ।

त्यसैगरी लघुवित्त कार्यक्रम सञ्चालनमा सूचना प्रविधिको हुनसक्ने उच्चतम प्रयोगको पहिचान गरी डिजिटल कारोबारलाई अंगिकार गर्ने रणनीति अख्तियार गरिने पनि लघुवित्तको भावि योजना रहेको छ।

भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा पुर्याउन प्रयत्नरत रहने, वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी सेवाग्राहीहरुको संख्यामा वृद्धि गर्दै लगिने, समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने लघुवित्तको रणनीति रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।