गत साता साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 04, 2022 05:42 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेको छ। अघिल्लो साता २०२२.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता २.५७ प्रतिशत अर्थात ५२ अंक घटेर १९७०.६२ विन्दुमा झरेको छ।

साताका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै, नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साता सोमबार र मंगलबार बाहेक बाँकी ४ कारोबार दिनमा नेप्से नकारात्मक बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा १८०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसलें गत साता नेप्सेमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

साताका अन्तिम दुई कारोबार दिनमा नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

नेप्से ओरालो लागेसँगै, गत साता भोल्युम पनि कमजोर देखिएको छ। गत साता दैनिक औषतमा १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २६.४१ प्रतिशत कम हो।

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक ३.९५ प्रतिशत घटेको छ। अघिल्लो साता १७३६.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ६८.५३ अंक घटेर १६६७.७७ विन्दुमा झरेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १४०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।