रेमिट आइपिओकाेलागि आस्वा सदस्यहरूले चुस्त सेवा नदिएको श्रमिकको गुनासो, मंगलबारसम्म १५० लिए ‘सिआरएन’ नम्बर

Nov 30, 2022 01:51 PM merolagani

सुवास निरौला

वैदेशिक रोजगारीमा रहेका मुराहरि कटुवालले वैदेशिक रोजगार आरक्षित शेयरकालागि आवेदन गर्न चाहेर पनि आवेदन गर्न नपाएको गुनासो गरेका छन्।

बैंकमा सबै डकुमेन्ट पुर्‍याएर अनलाइन ‘रिक्वेस्ट’ गरे पनि उनलाई बैङ्कले सो विषयमा कुनै ‘रेसपोन्स’ नगरेको उनको गुनासो छ। वैदेशिक रोजगारीमै रहेको देशबाटै उनले सो गुनासो गरेका हुन्।

गुनासो गर्ने उनी एक्ला व्यक्ति होइनन्, वैदेशिक रोजगारीमा रहेका धरै लगानीकर्ताले वैदेशिक रोजगारको आरक्षित शेयरमा सहजै आवेदन दिन सक्ने स्थिति छैन। आस्वा सदस्य बैंक वित्तीय संस्थाले सहयोग नगरिदिएका कारण वैदेशिक श्रमिकहरूले सहजै आरक्षित शेयर भर्ने स्थिति नबनेको हो। जसका कारण वैदेशिक श्रमिकहरूको आवेदन नै कम पर्ने सम्भावना छ।

खासगरी वैदेशिक श्रमिकहरूले शेयर भर्नको लागि बैंकमा रेमिटेन्स खाता खोल्नु पर्छ। पहिले नै खाता खोलेको भए उक्त खाता मार्फत लिएको सिआरएन नम्बर परिवर्तन गर्नु पर्छ। तर बैंक वित्तीय संस्थाले खाता परिवर्तन गरिदिने र नयाँ सिआरएन नम्बर दिने प्रक्रियालाई खासै वास्ता गरेका छैनन्। खाता खोल्ने मानिस बिदेशमा हुनु, विदेशबाटै बैंकलाई अनलाइन अनुरोध गर्नु पर्ने तर यता बैंकहरुले भने अनलाइन मार्फत आएका आवेदनलाई गम्भीरतापूर्वक नलिने, अनलाइन रिक्वेस्ट गरेको लामो समयसम्म पनि बैङ्कले कुनै प्रतिक्रिया नदिने गरेको श्रमिकहरूको गुनासो छ। “मैल अनलाइन रिक्वेस्ट गरेको लामो समय भयो तर बैङ्कले कुनै जबाफ पठाएको छैन। सिआरएन नम्बर परिवर्तन नभएकै कारण आरक्षित शेयर नपाउने हुँ कि ? भन्ने लागिरहेको छ” वैदेशिक रोजगारीमै रहेको मुलुकबाट श्रमिक भीम घिमिरेले गुनासो गरे।

आश्वा सदस्यहरूले वैदेशिक रोजगारको शेयरकोलागि खासै चासो नदिएको पछिल्लो समय परिवर्तन भएको सिआरएन नम्बर लिने श्रमिकको सङ्ख्याले पनि पुष्टि गर्छ। आवेदन खुल्ने अघिल्लो दिन मंगलबार सम्म वैदेशिक रोजगारको आरक्षित शेयर भर्न भन्दै जम्मा १५० श्रमिकले सिआरएन नम्बर लिएका छन्। केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)का अनुसार मंगलबारसम्म आरक्षित शेयरमा आवेदन दिन भन्दै १५० श्रमिकले सिआरएन नम्बर परिवर्तन गरेका हुन्।  

आरक्षित शेयरमा श्रमिकहरूको चासो नै कम भएको समेत चर्चा छ। तर सामाजिक सञ्जालहरूमा श्रमिकहरूले देखाएको चासोले भने त्यसलाई मिथ्या साबित गर्छ। युएईमा रहेका लगानीकर्तामाझ वैदेशिक आरक्षणको शेयरमा निक्कै चासो देखिएको छ। उक्त शेयर के कसरी भर्न सकिन्छ ? कुन बैङ्कले कसरी गर्छन् ? भन्ने धेरै चासो आएको भन्दै प्रकाश पौडेलले सामाजिक सञ्जाल फेसबुकमा १० बैंकको नाम र सम्पर्क नम्बर नै पोस्ट गरेका छन्। यसले पनि वैदेशिक रोजगारमा रहेका श्रमिकमा वैदेशिक रोजगारको आरक्षित शेयरमा आवेदन दिन कति चासो बढेको छ भन्ने पुष्टि गर्छ।

पहिलो पटक हनु र आश्वा सदस्यले सेवा दिन नसकेकै कारण पहिले निष्कासनमा आवेदन गर्ने जति सबैलाई आरक्षित शेयर पर्ने सम्भावना छ। भर्ने जति सबैले पाउने भएकोले पनि आवेदन कर्ताले सकेसम्म बढी आवेदन गर्दा धेरै शेयर पाउने सम्भावना छ।

कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत हुन आउने एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुकालागि निष्कासन गरेको छ। त्यसैगरी,कम्पनीले जारी पूँजीको १८ प्रतिशत हुन आउने १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणकोलागि निष्कासन गर्दै छ। जुन निष्कासनको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।