आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Jan 28, 2023 06:11 PM Merolagani

यस साता बढेका ६ उपसमूहमध्ये सबैभन्दा कम बढेको उपसमूह हो, जलविद्युत उपसमुह। हाइड्रोपावर उपसमूहको परिसूचक यस साता ०.७९ प्रतिशत बढेको छ। गत साता २७०६.०७ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता २१.४५ अंक बढेर २७२७.५२ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ।

यस साता कम्पनीको शेयरमूल्य ८ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन २४२ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध परीक्षणमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध परीक्षणमा रहेको देखिन्छ। सो दिन कारोबार अवधिभरमा कम्पनीको शेयरमूल्य २५६ रुपैयाँ पुगेपनि अन्तिम समयमा भने २५० रुपैयाँमा झरेको हो। तत्कालको लागि कम्पनीको प्रतिरोध क्षेत्र २५० देखि २७० रहेको छ। आगामी साता सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ३३५ देखि ३५० का बीच बिक्रीचाप आउने देखिन्छ। त्यसैगरी, यस साता शेयरमूल्य ओरालो लागेमा भने २०५ देखि २१५ का बीच टेवा पाउने देखिन्छ।

‘पर्ख र हेर’ को अवस्था

मेरोलगानी एआई चार्ट अनुसार कम्पनीको शेयर अहिले ‘पर्ख र हेर’ अर्थात ‘होल्ड’ अवस्थामा रहेको छ। कम्पनीको शेयरमूल्य २५० रुपैयाँभन्दा तल झरेमा स्टपलस रणनीति अपनाउन सकिनेछ।

बुलिश ट्रेण्ड

प्राविधिक विश्लेषणको अर्को उपकरण सुपर ट्रेण्ड अनुसार कम्पनीको शेयर हालसम्म बुलिश ट्रेण्डमा रहेको छ।

अत्याधिक भोल्युम

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमा उच्च भोल्यूम देखिएको छ। सो दिन कम्पनीको करिब २ लाख ९५ हजार २४८ कित्ता शेयर खरिदबिक्री भएको थियो। हाल कम्पनीको २० दिने औषत भोल्यूम १ लाख १९ हजार ४३ कित्ता रहेको छ। गत साता सोही दिनमात्र २० दिने औषत भोल्यूमभन्दा बढी कारोबार भएको थियो।

बढ्न थाल्यो हिस्टोग्राम

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा यस साता कम्पनीको शेयरमूल्य सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ। गत बुधबारसम्म ओरालो लागिरहेको कम्पनीको हिस्टोग्राम, साताको अन्तिम कारोबार दिन भने बढेको छ। त्यसैगरी, बुधबारसम्म सिग्नल रेखासँग नजिकिँदै गएको एमएसिडी रेखाले बिहीबार भने दूरी बढाएको छ। यसले बजारमा कम्पनीको शेयरमूल्य बढ्न थालेको संकेत गर्दछ।

खरिदचाप बढी

स्टकास्टिक आरएसआई अनुसार कम्पनीको शेयर अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी घटेको छ खर्च बढेको कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २० लाख रुपैयाँबाट घटेर ७ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको उत्पादन तथा वितरण खर्च ९३ लाख रुपैयाँबाट बढेर १ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २१ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा रहेको छ भने बुकभ्यालु ७२ रुपैयाँ ५७ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २५.९९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.४४ गुणा रहेको छ। कम्पनीको आरओई १३.२६ प्रतिशत रहेको छ।

प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुले कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखाएको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३४५ रुपैयाँ रहेको छ भने न्यून मूल्य १५९ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य १९४ रुपैयाँ ८३ पैसा रहेको छ।

कम्पनीले आँखु खोलाको पानी प्रयोग गरेर धादिङ्ग जिल्लामा ८.४ मेगावाटको आँखु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सो आयोजनमार्फत कम्पनीले २०७० भदौ ८ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक कारोबार

यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ भने सर्वाधिक बिक्री गर्नेमा पनि ५८ नै रहेको छ। ५८ ले यस साता ४७ हजार ३६० कित्ता बिक्री गरी ९५ हजार ७९६ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ४९ ले ४० हजार कित्ताभन्दा बढी खरिद गरेको छ भने ब्रोकर नम्बर ३४ ले ३७ हजार कित्ता बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षामा लगानीकर्ता

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनबाट विस्तारै ग्रीड जोनतर्फ गइरहेको देखिन्छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा शेयर खरिद गर्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।