गत साता साढे २ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Mar 05, 2023 05:53 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २०२२.६४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.६५ प्रतिशत अर्थात ५३.६२ अंक घटेर १९६९.०२ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक कारोबार दिन उकालो लागेको थियो। गत साता आइतबार नेप्से सामान्य अंक बढेको थियो। बाँकी ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो।

सपोर्ट जोनमा नेप्से

निरन्तरजसो ओरालो लागेको नेप्से, गत साताको अन्तिम कारोबार दिन सपोर्ट जोनमा पुगेको छ। हालको लागि नेप्सेको सपोर्ट जोन १९६० देखि १९९० को क्षेत्र रहेको छ। यस साता नेप्से, सो सपोर्ट जोन तोडेर ओरालो लागेमा १८०० देखि १८५० को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २०८० देखि २१०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो २० दिने औषत भोल्यूमको तुलनामा १८.७५ प्रतिशत कम हो। नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ८ करोड रुपैयाँ रहेको छ। गत साताको पहिलो कारोबार दिन बाहेक अन्य ४ कारोबार दिन नेप्सेको भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ।

नकारात्मक क्षेत्रमा एमएसिडी

अघिल्लो सातादेखि नकारात्मक क्षेत्रमा झरेको नेप्सेको एमएसिडी, गत साता पनि नकारात्मक क्षेत्रमा नै रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा रहेको छ। यसका साथै नेप्से हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल नै रहेको छ। यसले बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

ओभरसोल्ड जोनतर्फ जाँदै

स्टकास्टिक आरएसआईमा नेप्से, गत साता न्यूट्रल जोनमा रहेको छ। यद्यपि, यो ओभरसोल्ड जोनतर्फ झरिरहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।