गत साता साढे ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Mar 19, 2023 05:55 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेको छ। अघिल्लो साता २००२.७० विन्दुमा रहेको नेप्से, गत साता ३.४७ प्रतिशत अर्थात ६९.४० अंक घटेर १९३३.३० विन्दुमा झरेको छ।

साताका ५ कारोबार दिनमध्ये एक कारोबार दिन मात्र नेप्से परिसूचक बढेको थियो। गत साता मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेको थियो भने बाँकी ४ कारोबार दिन ओरालो लागेको थियो।

 

टेवा क्षेत्र नजिक

साताको अन्तिम कारोबार दिन नेप्से टेवा क्षेत्र नजिक पुगेको छ। हालको लागि नेप्सेको टेवा क्षेत्र १८८० देखि १९१० को क्षेत्र रहेको छ। यस साता पनि नेप्से ओरालो लागेमा सो क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा भने १९९० देखि २०१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

मेरोलगानीको एआई चार्ट अनुसार यस साता नेप्से १९६५ भन्दा माथि बन्द भएमा त्यसलाई रिभर्सलको पहिलो संकेतका रुपमा लिन सकिन्छ। यद्यपि, प्रतिरोध क्षेत्रलाई भने ध्यानमा राख्नु पर्दछ। गत साताको पहिलो कारोबार दिन पनि नेप्से सोही क्षेत्रमा प्रतिरोधको सामना गरि फर्केको थियो।

बिक्रीकर्ता हाबी

गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २३.१७ प्रतिशत कम रहेको छ। नेप्से घटेको बेला भोल्यूम कमजोर हुनु राम्रो मानिन्छ। यसले लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

घट्दै हिस्टोग्राम

गत साता एमएसिडीमा हिस्टोग्रामको उचाई घट्दै गएको छ। यद्यपि, यो नकारात्मक क्षेत्रमा रहेको छ। त्यसैगरी, एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा नै रहेको छ। तर, यी दुई बीचको दूरी भने गत साताको तुलनामा केही घटेको छ। यस साता पनि नेप्सेले यस्तै गतिलाई निरन्तरता दिएमा केही दिनमा नै खरिद संकत आउन सक्ने देखिन्छ।

बिक्रीचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।