हकप्रद शेयर समायोजनका कारण पनि कम्पनीको शेयरमूल्य घट्न पुगेको हो। गत मंगलबार कम्पनीको ७५ प्रतिशत हकप्रद शेयर समायोजन भएको थियो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १५१ रुपैयाँ १४ पैसा कायम भएको थियो।
प्रतिरोध परीक्षणमा शेयरमूल्य
यस साताको अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको छ। हालको लागि कम्पनीको प्रतिरोध क्षेत्र १६५ देखि १७५ सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्यले सो प्रतिरोधलाई तोडेर माथि गएमा १९० देखि १९५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, सो प्रतिरोध क्षेत्रबाट ओरालो लागेमा कम्पनीको शेयरमूल्यले १४५ देखि १५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
बिक्रीकर्ता हाबी
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम
कम्पनीको शेयरमूल्य घटेपनि यस साता भोल्यूम भने बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ९७ हजार रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ८०.८३ प्रतिशत बढी हो।

बुलिश क्रशओभर बन्ने सम्भावना
प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा बुलिश क्रशओभर बन्ने सम्भावना देखिएको छ। आगामी साता कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ। कम्पनीको हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि यसको उचाई भने घट्दै गएको छ।

बिक्रीचाप बढी
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ। यद्यपि यो न्यूट्रल जोनतर्फ बढी रहेको छ।

आधारभूत विश्लेषण
नेप्सेमा कम्पनीको २ करोड ८० लाख कित्ता शेयर (हकप्रद समायोजित) सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ४ अर्ब ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। कम्पनीको १८० दिनको औषत मूल्य २०९ रुपैयाँ ७९ पैसा रहेको छ। कम्पनीको ५२ दिनेको उच्च मूल्य २८० रुपैयाँ ३० पैसा रहेको छ भने न्यून मूल्य १५४ रुपैयाँ १० पैसा रहेको छ।

वित्तीय विश्लेषण
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ६ लाख ५० हजार रुपैयाँ खुद नोक्सानी व्यहारेको छ। सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १ करोड ८० लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २ करोड ३६ लाख ४८ हजार रुपैयाँ थियो।
हकप्रद शेयर निष्काशनपश्चात २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने यस कम्पनीको जगेडा कोष ५५ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ। कम्पनीको बुकभ्यालु ८० रुपैयाँ १५ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २ गुणा रहेको छ।

ब्रोकर नम्बर ६ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ६ ले कम्पनीको सर्वाधिक ८४ हजार ६०४ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४५, ५८ र ४९ लाख कम्पनीको ४० हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ५८ रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ७८ हजार कित्ता भन्दा बढी शेयर बिक्री गरको छ।

शेयरमूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य अझै घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)