मर्जरलाई अन्तिम स्वीकृती दिन लक्ष्मी बैंकले बोलायो विशेष साधारण सभा

May 31, 2023 08:40 AM Merolagani

लक्ष्मी बैंक लिमिटेड (LBL) ले मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा बोलाएको छ। बैंकले असार ३ गते, आइतबार, अग्रंवाल भवन, कमलपोखरी, काठमाडौँमा सो सभा बोलाएको हो।

सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक बराबर एक शेयर स्वाप रेशियमा मर्ज हुने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।