सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Aug 12, 2023 06:01 PM Merolagani



यस साता लगानी उपसमूहको परिसूचक सबैभन्दा कम ०.१० प्रतिशत घटेको छ। गत साता ७१.७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ०.०७ अंक घटेर ७१.७० विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC)।

यस साता सो कम्पनीको शेयरमूल्य ८ रुपैयाँ घटेको छ। गत साता १ हजार ७५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षण गरी फर्कियो

यस साता कम्पनीको शेयरमूल्य प्रतिरोध परीक्षण गरी फर्किएको छ। गत मंगलबार कम्पनीको शेयरमूल्य १ हजार १०३ रुपैयाँसम्म पुगेर फर्किएको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र १ हजार १०० देखि १ हजार १३० सम्म रहेको छ। यस साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा ९६० देखि ९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बियरिश रिभर्सलको संकेत

यस साता साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। यद्यपि, अघिल्ला हप्ताहरुमा बनेका बुलिश मैनबत्तीहरुपश्चातको यस मैनबत्तीले बियरिश रिभर्सलको संकेत गर्दछ। अर्थात यस मैनबत्तीले आगामी साता कम्पनीको शेयरमूल्य घट्न सक्ने संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता कम्पनीको शेयरमूल्य घटेपनि भोल्यूम भने बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ३२ हजार ३८८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २३ हजार ९८० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ३५.०६ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी र हिस्टोग्रामको उचाई घट्दै गएको छ।

खरिदबिक्री चाप सन्तुलनामा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो मुनाफा १० करोड ७० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १५ करोड ४७ लाख रुपैयाँबाट घटेर १२ करोड ६६ लाख रुपैयाँमा झरेको छ।

८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४८ करोड ३१ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५६ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ७०.९९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ६.७७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ८ अर्ब ९५ करोड ६५ लाख ४ हजार ७०० रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ८१० रुपैयाँ ६८ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार १०३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५९० रुपैयाँ रहेको छ।

ब्रोकर ३२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३२ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको २९ हजार ८९२ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ३९ ले यस साता कम्पनीको सबैभन्दा बढी १५ हजार ७३९ कित्ता शेयर बिक्री गरेको छ।

ग्रीड जोनमा झर्दै

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यद्यपि यो विस्तारै ग्रीड जोनतर्फ झरिरहेको छ। यसले लगानीकर्ताहरुमाझ कम्पनीको शेयरमूल्य बढ्छ भन्ने लोभ घट्दै गएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)