नबिल बैंक लिमिटेडको कम्पनी विश्लेषण

Nov 11, 2023 06:46 PM Merolagani

यस साता ५ उपसमूहको परिसूचक घटेको थियो। जसमध्ये एक बैंकिङ्ग उपसमूह पनि एक हो। गत साता ११८१.४९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ८.५८ अंक घटेर ११७२.९१ विन्दुमा झरेको छ।

यसै उपसमूहको बैंकहरुमध्ये एक बैंक हो, नबिल बैंक लिमिटेड (NABIL) ।

यस बैंकको शेयरमूल्य यस साता ३ रुपैयाँ ७० पैसा घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन ५७२ रुपैयाँ ९० पैसामा बन्द भएको यस कम्पनीको शेयरमूल्य यस साता ५६९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

सपोर्ट जोनमा

यस साता बैंकको शेयर सपोर्ट जोनमा नै कारोबार भएको छ। बैंकको हालको सपोर्ट क्षेत्र ५६० देखि ५८० सम्म रहेको छ। यस क्षेत्रमा सपोर्ट पाएर उकालो लागेमा बैंकको शेयरमूल्यले ६२० देखि ६३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीचाप बढी

यस साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि बैंकको शेयरमूल्यले बियरिश मैनबत्ती नै बनाएको छ। यसले बजारमा बैंकको शेयर बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता बैंकको भोल्यूम कमजोर देखिएको छ। यस साता दैनिक औषतमा बैंकको ३३ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ४३ हजार ३२९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २९.८० प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यी दुबै रेखाहरु शून्य रेखाभन्दा तल रहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल रहेको छ। यसले बैंकको शेयरमूल्य अहिले बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

न्यूट्रल जोन

स्टकास्टिक आरएसआई अनुसार बैंक अहिले न्यूट्रल जोनमा रहेको छ। यसले हाल बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको २७ करोड ५ लाख ६९ हजार ९७१.६५ कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण १ खर्ब ५४ अर्ब ८४ लाख २६ हजार ९२४ रुपैयाँ रहेको छ। बैंकको १८० दिने औषत मूल्य ५९२ रुपैयाँ ३१ पैसा रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ९३० रुपैयाँ रहेको छ भने न्यून मूल्य ५६० रुपैयाँ ५० पैसा रहेको छ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ६.२७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ७२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात २६.२१ गुणा रहेको छ भने प्राइस टु बुक भ्यालु रेशियो २.६१ गुणा रहेको छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५८ ले बैंकको सबैभन्दा बढी १४ हजार ६८३ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ६२ ले ९ हजारभन्दा बढी र २२ ले ८ हजारभन्दा बढी शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर १७ ले सबैभन्दा बढी ५१ हजार २०९ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ८२ ले १० हजार कित्ता शेयर बिक्री गरेको छ भने ब्रोकर नम्बर ४२ ले ९ हजारभन्दा बढी शेयर खरिदबिक्री भएको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनमा रहेको छ। यसले बैंकको शेयरमूल्य अझै घट्न सक्छ भनेर लगानीकर्ताहरु खरिद गर्न डराइरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।