फोब्र्स अनुसन्धानले खुलासा गरेको जनाउँदे बिजनेस इनसाइडर वेवसाइटले गुगल अर्थबाट प्राप्त स्याटेलाइट इमजेरीको साथै भुटानको क्रिप्टोमा लगानीबारे ज्ञान भएका स्रोतको प्रयोग गरेर सार्वजनिक नभएका चार क्रिप्टो माइनिङ स्थान पत्ता लगाएको जनाएको छ।
‘स्याटलाइबाट खिचिएका तस्वीरहरु हेर्दा आयाताकार माइनिङ इकाईहरु र डाटा सेन्टर कुलिङ प्रणालीलाई घना जंगल र पहाडको बीचमा लुकाइएको छ। अन्य तस्बिरहरूले उच्च क्षमताका विद्युतीय ट्रान्समिसन लाइन र ट्रान्सफर्मरहरु जलविद्युत उत्पादन केन्द्रबाट खानी स्थलहरूमा सोझिएको देखाउँछ।’–फोब्सले भनेको छ।
एउटा माइनिङ साइट दोचुला पास नजिकै छ, जुन जुन १ सय ८ वटा तीर्थको पवित्र स्थान मानिन्छ। त्यस्तै अन्य तीन स्थानहरुमा भुटानकाे मध्य पहाडी भागमा अवस्थित पहाडी सहर ट्रोङ्सा, दक्षिणतिरको रहेको डगाना र ‘शिक्षा शहर’ भन्ने क्षेत्रलाई पहिचान गरिएको छ। भुटानी अर्थतन्त्रलाई उभाे लगाउन ल्याइएको १ अर्ब अमेरिकी डलरको असफल सरकारी आयोजना हो ‘शिक्षा शहर’, पृथ्वीको गति र भवन निर्माणलाई ट्रयाक गरेर फोब्र्सले ती साइटहरुमा सन् २०२० बाट काम शुरु भएको जनाएको छ।
बिटक्वाइन माइनिङ धेरै ऊर्जा खपत हुने गहन प्रक्रिया हो जसले वार्षिक रूपमा लगभग ९१ टेरावाट–घण्टा बिजुली खपत गर्दछ। भुटानको क्रिप्टो–माइनिङ कार्यले गर्दा पछिल्ला वर्षहरूमा देशको ऊर्जा आयात र उपयोग बढेको देखाएको छ। आफ्नो अतिरिक्त बिजुली भारतलाई बेचेको भुटानले २०२३ मा २०.७ मिलियन डलरको बिजुली खरिद गर्यो।
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले लामो समयदेखि क्रिप्टोकरेन्सीप्रति आकार्षित थिए। ८ लाख भनदा कम जनसंख्या भएको दुर्गम, जैविक विविधतायुक्त पहाडी राष्ट्रलाई आर्थिक संकट पर्नबाट जोगाउन क्रिप्टोले मद्दत गर्ने आशा राजा वाङचुकको थियो।
अन्तिम सांग्रिलाको रुपमा चिनिने भुटान कोभिड संक्रमका कारण घट्दो पर्यटकीय गतिविधि र बढ्दो युवा बेरोजगारी, बसाई सराईको कारण ब्रेन ड्रेनको सामना गरिरहेका थिए।
हालको विश्वमा एल साल्भाडोर एक मात्र यस्तो देश हो सरकारी स्वामित्वमै क्रिप्टो माइनिङ गरिरहेको छ।