प्रतिरोध क्षेत्रबाट तल झर्यो नागरिक लगानी कोष, हेरौँ कम्पनी विश्लेषण

Dec 02, 2023 06:05 PM Merolagani

यस साता १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ०.८८ प्रतिशत बढेको छ। गत साता ६६.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.५८ अंक बढेर ६६.७८ विन्दुमा पुगेको छ।

यसै उपसमूहअन्तर्गतको एक कम्पनी हो नागरिक लगानी कोष (CIT)।

यस साता कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन १ हजार ९३३ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साताको बिहीबार १ हजार ९६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध क्षेत्रबाट तल झर्यो

यस साता कम्पनीको शेयरमूल्यले प्रतिरोध सामना गरी फर्किएको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र १९७० देखि २००० सम्म रहेको छ। यस साताको पहिलो कारोबार दिन नै कम्पनीको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्रमा पुगेको हो। तर, सो प्रतिरोध तोड्न नसक्दा सोपछिका दिनमा कम्पनीको शेयरमूल्य घट्न पुगेको हो। यस साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा १८५० देखि १८८० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले यस साताको अन्तिम कारोबार दिनहरुमा बिक्रीचाप बढेपनि खरिदकर्ताहरु बलियो रहेको संकेत गर्दछ। यस साताका अन्तिम तीन कारोबार दिनमा कम्पनीको शेयरमा बिक्रीचाप देखिएको थियो।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषत भोल्युम ६ हजार ७३९ कित्ता रहेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम भने ५ हजार ३८९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २५.०५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखा र शून्य रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले हाल कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कोषको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आम्दानी समीक्षा अवधिमा १४.६० प्रतिशत बढेको छ भने कुल खर्च १७.२७ प्रतिशत बढेको छ।

५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको यस्तो आम्दानी घट्न पुगेको हो।

असोज मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ९८.५५ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ५ करोड ३१ लाख ३७ हजार ५०० कित्ता शेयर सूचीकृत छ। कम्पनीको १८० दिने औषत मूल्य २ हजार ९६ रुपैयाँ ७ पैसा रहेको छ। कम्पनीको ५२ हप्ताको उच्च मूल्य २ हजार ७०४ रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ८२९ रुपैयाँ ६० पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ४ अर्ब ४१ करोड ५१ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ६६ बाट सर्वाधिक खरिद

फ्लोरसिट विश्लेषण गर्दा यस साता ब्रोकर नम्बर ६६ ले कम्पनीको सर्वाधिक शेयर खरिद गरेको छ भने सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर ४९ नम्बर रहेको छ। ब्रोकर नम्बर ६६ ले यस साता कम्पनीको ४ हजार ३५९ कित्ता शेयर खरिद गरेको छ। ब्रोकर नम्बर ४९ ले भने यस साता कम्पनीको ४ हजार १२१ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर हराउँदै

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर कम भएको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।