इम्पेरमेन्ट चार्ज बढेपछि सांग्रिलाको नाफा घट्यो

Jan 20, 2024 08:58 AM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३९.२१ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २२ पैसा घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा रहेको छ।

३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।