आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

Feb 26, 2024 08:25 AM Merolagani



क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले चैत ५ गते, सोमबार शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका साथै सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।