सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

Jul 31, 2024 09:00 AM Merolagani



साउन १६ गते, बुधबार, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन्।

स्वीकृत आवेदनमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता शेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्द १ कित्ता) शेयर बाँडफाँट गरेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।