विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

Apr 20, 2025 09:36 AM Merolagani



बैशाख ७ गते, आइतबार, विन नेपाल लघुवित्त (WNLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले जनाएको छ। जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको २.५० कित्ता शेयर सोही ५ हजार १२९ आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको छ। यस अनुसार २ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन्।

 




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।